तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने ‘नेपाली मेला यूके’बारे छलफल

लन्डन । तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने ‘नेपाली मेला यूके’बारे छलफल भएको छ ।

शुक्रबार लन्डनस्थित नेपाली दूतावास पुगेर तमुधीं यूके, आमा समूहका वर्तमान र पूर्वपदाधिकारीसहितको टोलीले बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेसँग छलफल गरेको हो । तमुधीं यूकेका सचिव विमल गुरुङले नेपाली मेलाबारे छलफल भएको जानकारी दिए ।

नेपाली मेला २०२५ का प्रमुख संयोजक तथा तमुधीं यूकेका उपाध्यक्ष कमल गुरुङले नेपाली मेलामा समावेश हुने कार्यक्रमहरु र तयारीबारेमा राजदूत चन्द्रकुमार घिमिरेलगायत दूतावासका कर्मचारीहरुलाई संक्षिप्त जानकारी दिएका थिए ।

संयोजक गुरुङले मेलाको लागि आर्थिक व्यवस्थापन, आपतकालीन स्थिति, अतिथि सत्कार, सुरक्षासम्बन्धी जानकारी, झाँकी प्रतियोगिता, नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, चेतनामूलक कार्यक्रम, खानपिनको व्यवस्थापनलगायत व्यापारिक तथा परोपकारी स्टलहरुको बारेमा पनि प्रस्ट्याएका थिए ।

नेपाली दूतावास लन्डनको सहकार्य र तमुधीं यूकेको आयोजनामा यस वर्ष १६औँ संस्कर०को नेपाली मेला हुँदैछ । मेला क्याम्पर्टन पार्कमा हुँदै छ ।

नेपाली मेला तयारी भइरहेको कार्यक्रम संयोजक कमल गुरुङले बताए । नेपालका विभिन्न जातजातिको संस्कृति, भेषभूषा र परम्परा चिनारी गराउन हरेक वर्ष तमुधीं यूकेले मेला आयोजना गरिँदै आएको छ ।

मेलामा सांस्कृतिक झाँकी, मौलिक नाचगान, एम्बासडर कप र एनआरएनए कप प्रतियोगिता हुने छन् । विजेता टोलीलाई नगद तथा आकर्षक पुरस्कार दिइनेछ ।

मेलामा ६/७ वटा रेस्टुरेन्टमार्फत नेपाली खानाका परिकार, नेपाली कपडाका स्टल, गहना र अन्य सामग्रीका स्टलहरू साथै नेपाली व्यवसाय प्रवर्द्धनका स्टलहरू रहनेछन् ।

मेलामा कलाकारले प्रस्तुति दिनेछन् भने नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको विशेष उपस्थिति रहने तमुधीं यूकेले जनाएको छ । मेला बिहान १० देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । टिकट शुल्क ५ पाउन्ड तय गरिएको छ । तर ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।

संयोजक गुरुङले सबै नेपाली संघसंस्था र समुदायलाई झाँकी तथा मौलिक नाच लिएर सहभागिता जनाउन आग्रह गरेका छन् । मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ । गोर्खा प्यालेसले खाना व्यवस्थापन गर्नेछ ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »