तमुधीं यूकेको १६औँ नेपाली मेलाका लागि कुलमान घिसिङ बेलायत आउने

लन्डन । तमुधीं यूकेले आगामी २४ अगस्ट २०२५ मा आयोजना गर्ने १६औँ नेपाली मेलामा कुलमान घिसिङ बेलायत आउने भएका छन् ।

तमुधीं यूकेका उपाध्यक्ष तथा मेला संयोजक कमल गुरुङले यस पटकको नेपाली मेलामा विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई निमन्त्रणा दिएको जानकारी दिए । नेपाली मेला २४ अगस्ट आइतबार क्याम्पर्टन पार्कमा हुँदै छ ।

घिसिङले गोर्खा मिडियासँग कुरा गर्दै आफू १० वा ११ अगस्टमा अमेरिकाबाट सिधै यूके प्रस्थान गर्ने जानकारी दिए । उनले भने, ‘मलाई निमन्त्रणा आएको छ । म १०/११ तारिखमा अमेरिकाबाटै सिधै यूके आउँछु । २४ को नेपाली मेलासम्म बस्ने छु ।’

नेपाली दूतावास लन्डनको सहकार्यमा हुने नेपाली मेला तयारी भइरहेको कार्यक्रम संयोजक गुरुङले बताए । नेपालका विभिन्न जातजातिको संस्कृति, भेषभूषा र परम्परा चिनारी गराउन हरेक वर्ष तमुधीं यूकेले मेला आयोजना गरिँदै आएको बताए ।

मेलामा सांस्कृतिक झाँकी, मौलिक नाचगान, एम्बासडर कप र एनआरएनए कप प्रतियोगिता हुने छन् । विजेता टोलीलाई नगद तथा आकर्षक पुरस्कार दिइनेछ ।

मेलामा ६/७ वटा रेस्टुरेन्टमार्फत नेपाली खानाका परिकार, नेपाली कपडाका स्टल, गहना र अन्य सामग्रीका स्टलहरू साथै नेपाली व्यवसाय प्रवर्द्धनका स्टलहरू रहनेछन् । गत वर्ष ९० हाराहारी स्टल राखिएको जनाउँदै उहाँले बेलायतमा नेपाली व्यवसायी बढेकाले स्टलहरु पनि बढ्ने अनुमान रहेको बताए ।

मेलामा प्रस्तुति दिन नेपालबाट थुप्रै कलाकार आउनेछन् भने नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको विशेष उपस्थिति रहने तमुधीं यूकेले जनाएको छ । मेला बिहान १० देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । टिकट शुल्क ५ पाउन्ड तय गरिएको छ । तर ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।

संयोजक गुरुङले सबै नेपाली संघसंस्था र समुदायलाई झाँकी तथा मौलिक नाच लिएर सहभागिता जनाउन आग्रह गरेका छन् ।

मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ । गोर्खा प्यालेसले खाना व्यवस्थापन गर्नेछ ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »