तमुधीं यूकेले दियो नेफिन यूकेको डिनर नाइटमा पौने २ लाख

लन्डन । तमुधीं यूकेले नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके)को डिनर नाइटमा पौने २ लाख रुपैयाँ बराबर सहयोग प्रदान गरेको छ ।

आइतबार, ६ जुलाई २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित डिनर नाइटमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमला देवी गुरुङले संस्थागत रुपमा १ हजार पाउन्ड (आइतबारको बजार भाउअनुसार नेपाली रुपैयाँ १ लाख ८६ हजार) सहयोग दिएका हुन् । त्यस क्रममा तमुधीं यूकेका उपाध्यक्ष तथा व्यवसायी कमल गुरुङ र व्यवसायी सूर्य गुरुङले १/१ सय पाउन्ड सहयोग गरे । 

बेलायतस्थित नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाले च्यारिटीका लागि सहयोग गरेका थिए । अध्यक्ष मेजर योगेश राईले संस्थाको जग्गा लिजमा लिने र भविष्यमा जग्गा किन्नेसम्मको योजनाका लागि डिनर नाइट आयोजना गरेको जानकारी दिए ।

कार्यक्रम महासचिव फ्रमबहादुर दुराको सञ्चालन गरेका थिए । कार्यक्रम संयोजक मेजर (रिटायर्ड) इन्द्रप्रसाद राईले स्वागत मन्तव्य राखेका थिए ।

कलाकार पवित्रा गुरुङ, आरसी पौडेल, भूमिका साह, आरुषी मगर, युवराज मगर, निता पुन, सहिमा श्रेष्ठलगायतले सांगीतिक प्रस्तुति दिएर माहोललाई रमाइलो बनाएका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »