तमुधीं यूकेको सहयोगमा सिन्धुलीको गोलन्जोरमा निर्मित सिँचाइ पोखरी र ट्याङ्की हस्तान्तरण

काठमाडौं । तमुधीं यूकेको आर्थिक सहयोगमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–४ सिउरेनीमा निर्माण गरिएको सिँचाइ पोखरी र भेक्तेघारी–काउलेको खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ।

आइतबार एक कार्यक्रमकाबीच ती संरचनाहरू स्थानीय समुदायलाई हस्तान्तरण गरिएको हो। सिंचाइ पोखरी र ट्याङ्की वरिष्ठ पत्रकार तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष डण्ड गुरुङको संयोजनमा सम्पन्न भएको थियो ।

हस्तान्तरण कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, वडा अध्यक्ष भक्तबहादुर भुजेल लगायत स्थानीयको उपस्थिति रहेको थियो।

योजनाअन्तर्गत स्थानीयलाई चार हजार मिटर पाइप वितरण गरिएको पत्रकार गुरुङले जानकारी दिए । उनका अनुसार योजना सम्पन्न गर्न तमुधीं यूकेले १० लाख रुपैयाँ आर्थिक सहयोग र वडाको तर्फबाट गिट्टी उपलब्ध गराइएको थियो ।

उक्त सिँचाइ र खानेपानी परियोजनाले स्थानीय बासिन्दाहरूको दैनिकीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

ट्याङ्की हस्तान्तरणपछि स्थानीय उपभोक्ताले खुसी लागेको भन्दै सहयोगी संस्था तमुधीं यूकेका अध्यक्षलगायत सबै टिमलाई धन्यवाद दिए । त्यस ठाउँका १९ घरपरिवारलाई टयाङ्की निर्माणपछि लाभ पुगेको छ ।

पत्रकार डण्ड गुरुङले आफूलाई संयोजन गर्ने जिम्मेवारी दिने तमुधीं यूके र साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।

”गोलन्जोर ४ सिउरेनीमा सिंचाई पोखरी तथा भोक्टेघारी-काउले खानेपानी ट्याङ्की (पाइपसहित) निर्माण सम्पन्न गरी समुदायमा हस्तान्तरण गरियेा । पालिका अध्यक्ष शंकरराज बराल, वडाध्यक्ष भक्तबहादुर भुजेल लगायत जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । तमुधीं यूकेको सहयोगमा सम्पन्न भएको यो मानवीय कार्यसम्पन्न गर्न सघाउनु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु । फिल्डमा खटिँदा चासोपूर्वक उत्साह थपिदिनुहुने तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरूङ, संस्थापक अध्यक्ष मिन गुरूङ, निवर्तमान अध्यक्ष हरि गुरूङ, गेारखामिडिया यूकेका प्रवन्ध निर्देशक मिलन तमु लगायत तमुधीं युकेमा आभारसहित संयेाजनको यो जिम्मेवारीका लागि तमुधीं यूके सपरिवारमा विशेष धन्यवाद । यो कार्य सम्पन्न गर्न सक्रियतापूर्वक साथ दिने प्रिय भाइ हिरा राना, ओम थापा, समितिका अध्यक्षहरू डिलबहादुर राना र बेगबहादुर गौदासे साथै सम्पूर्ण उपभोक्ता सदस्यहरूमा धन्यवाद ।”

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »