तमुधीं यूकेको निमन्त्रणामा बेलायत आइपुगे कुलमान घिसिङ, एयरपोर्टमा भव्य स्वागत

लन्डन । उज्यालो नेपाल अभियानका अभियन्ता एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ बेलायत आइपुगेका छन् ।

तमुधीं यूकेको निमन्त्रणामा १६औं नेपाली मेलामा विशेष अतिथिका रुपमा सहभागी हुन घिसिङ सोमबार ११ अगस्ट २०२५ मा लन्डनस्थित हिथ्रो एयरपोर्ट अवतरण भएका हुन् ।

उनलाई स्वागत गर्नका लागि हिथ्रोको टर्मिनल २ मा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष एवं नेपाली मेलाका संयोजक कमल गुरुङ, महासचिव डा विशाल गुरुङ, तामाङ सोसाइटी यूकेका अध्यक्ष प्रताप तामाङ, तमुधीं लन्डन इकाईका अध्यक्ष भरत गुरुङ, फस्ट लेडी सिर्जना गुरुङ, तमुधीं लन्डन इकाइ आमा समूह अध्यक्ष देवकला गुरुङ, गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङ,धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष धन तामाङ पाख्रिन,गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु,सल्लाहकारहरु, शुभचिन्तकहरु पुगेका थिए । 

अमेरिका भ्रमणमा रहेका घिसिङ सिधै बेलायत आएका हुन् । आजै सोमबार बेलुकी मिचेटस्थित तमुधीं भवनमा मिट एन्ड ग्रिटका साथ रात्रिभोजको आयोजना हुँदैछ । 

तमुधीं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको आयोजनामा यही अगस्ट २४ मा बेलायतको केम्पर्टपार्कमा १६ औं नेपाली मेला हुँदै छ । मेला तयारीमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङसहितका टिम खटिरहेका छन् । 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »