तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी

लन्डन । तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको आयोजनामा भइरहेको प्रज्ञापारमिता पाठ वाचन पूजामा सहभागी भएका छन् । 

हप्ता दिनसम्म चल्ने अनुष्ठानको दोस्रो दिन २९ जुलाईमा अध्यक्ष गुरुङ तथा आमा समूह अध्यक्ष कमलादेवी गुरुङको प्रमुख आतिथ्यमा पूजा भएको हो । गुम्बाका खेन्पो मूल लामा गुरु शिर लामा गुरुङले उनीहरूलाई स्वागत गरेका थिए । त्यसपछि पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । 

उपाध्यक्ष नरबहादुर गुरुङले स्वागत मन्तव्य दिँदै पूजाका बारेमा जानकारी गराएका थिए । पुन्यकामका लागि अतिथि बनाएकोमा अध्यक्ष गुरुङले गुम्बा परिवारलाई धन्यवाद दिए । त्यसपछि उनले पाठ ग्रहण गरेका थिए । 

सो अवसरमा उनीहरूलाई खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु पनि सहभागी थिए ।
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »