१६औँ नेपाली मेलाको तयारी पूरा, ५१ हजार पाउन्ड खर्च हुने अनुमान

लन्डन । बेलायतको केम्पटन पार्क रेस कोर्समा २४ अगस्टमा हुने १६औँ नेपाली मेलाको तयारी पूरा भएको छ । तमु धीं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला आयोजना गर्न लागेको मेलाको तयारी पूरा भएको हो । 

मेलाको तयारीबारे आइतबार तमु धीं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

मेलामा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथि रहने छन् ।

संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव डा. विशाल गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए । मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित पत्रकारहरूको परिचय दिएका थिए । 

उपाध्यक्ष एवं मेला संयोजक कमल कोने गुरुङले मेलामा ३५ भन्दाबढी संघसंस्थाका झाँकी, १५ भन्दाबढी सांस्कृतिक प्रस्तुति, ७० वटा स्टल मेलाका आकर्षणका रूपमा रहने बताए । ५१ हजार पाउन्ड खर्च हुने अनुमान गरिएको मेलामा विभिन्न जातजाति र संघसंस्थाको झाँकी, सांस्कृतिक कार्यक्रम, परम्परागत भेषभूषा तथा परिकार राखिनेछ । 

मेलामा बेलायतस्थित विभिन्न देशका कूटनीतिक नियोग, नेपाल र युरोपबाट समेत विभिन्न व्यक्तित्वहरूको सहभागिता हुने अपेक्षा गरिएको छ ।

संस्थाका अध्यक्ष गुरुङले कला, संस्कृति, रहनसहन, भेषभूषा जगेर्नाको उद्देश्यले मेला आयोजना गरिँदै आएको बताए । मेला तमु धीं यूकेको मात्र नभई समस्त नेपाली समुदायको भएकाले सहभागी भएर सफल बनाइदिन उनले अपिलसमेत गरे । सो अवसरमा नेपाली मेलाका लागि नेपालबाट आएका अतिथिहरूलाई विशेष सम्मान गरिएको थियो । 

कार्यक्रममा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरू मेजर रिटायर्ड डमर घले, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ र हरि गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, सचिव विमल गुरुङ, आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ र महासचिव शान्ता गुरुङ, ट्रस्टी सूर्य गुरुङलगायत उपस्थित थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »