तमुधीं यूकेद्वारा “त ल्हो ल्होछार उत्सव २०२५” भव्य रूपमा मनाइने

अल्डरसट (यूके),  २०२५ नोभेम्बर SK । तमुधीं यूकेले आगामी डिसेम्बर २७ गते शनिबारका दिन परम्परागत र सांस्कृतिक भव्यताका साथ “त ल्हो ल्होछार उत्सव २०२५” मनाउने तयारी गरेको छ। कार्यक्रम Empire Banqueting & Hall, Aldershot High Street मा आयोजना गरिनेछ।

संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुंगका अनुसार, यस वर्ष पनि बिगतका वर्षहरूझैं तमुधीं यूकेले समुदायिक एकता, सांस्कृतिक पहिचान र परम्पराको संरक्षणलाई प्राथमिकतामा राख्दै विविध कार्यक्रमका साथ ल्होछार उत्सव आयोजना गर्न लागेको हो।

गुरुङ समुदायको वर्गचक्रअनुसार यस वर्ष सर्प वर्ग (त ल्हो) लाई बिदाई गर्दै घोडा वर्ग  लाई स्वागत गरिनेछ। उक्त अवसरमा नेपालबाट आमन्त्रित बहुचर्चित कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति रहनेछ भने, बेलायतस्थित कलाकारहरूबाट पनि विविध मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने जनाइएको छ।

कार्यक्रम संयोजक गुरुंगले बेलायतबासी सम्पूर्ण तमु समुदायका सदस्यहरू र शुभचिन्तकहरूलाई परिवारसहित उत्सवमा सहभागी भई आफ्नै मौलिक पर्वलाई उत्साह, उमंग र एकताको भावनासाथ मनाउन हार्दिक निमन्त्रणा दिएका छन्।

कार्यक्रमले प्रवासी गुरुङ समुदायबीच आपसी सद्भाव, संस्कृति र परम्पराप्रतिको सम्मानलाई थप सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »